काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले इटहरी शाखाबाट जेष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले जेष्ठ १५ गते मंगलबार इटहरी उपमहानगरपालिका कार्यलय परिसरमा जेष्ठ नागरिक समाज समुहका ८५ जना जेष्ठ नागरिकसँग बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरको बारेमा अन्तरक्रिया गर्नुका साथै उपस्थित जेष्ठ नागरीकलाई खादा ओडाएर सम्मान गरेको हो ।
फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशुल्क प्रदान गरिरहेको छ ।