काठमाडौं । सरकारले पोडवे निर्माणका लागि सम्भावयता अध्ययन गरिने बताएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट-भच्चेक-बारपाक-बुङकोट-गोरखाबजार-मनकामना-बेनीघाटसम्म पोडवे यातायात प्रणालीको संभाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने बताएका छन् ।
विभिन्न सहरलाई मौलिक सहर विकास गर्न बजेट विनियोजन गरेको बताएका छन् । उनले काठमाडौंका नयाँ सहर निर्माणका लागि बजेट विनियोजन गरेको पनि बताएका छन् ।
उनले डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताएका छन् ।