सहकारी सञ्चालकका परिवारकै सम्पत्ति रोक्का, निक्षेपकर्ताको ५ लाखसम्म फिर्ता

<p>काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले बचत तथा ऋण सहकारीका सञ्चालक र तिनको एकाघर परिवार सदस्यको स्वामित्वमा रहेको सम्पत्ति धितोमा राखेर बचतकर्ताको ५ लाख रुपैयाँसम्म फिर्ता गरिने बताएका छन् । संसदमा बजेट पेस गर्दै उनले यस्तो बताएका हुन् । समस्यामा परेका र निक्षेपकर्ताको बचत फिर्ता नगरेका सहकारीहरुमाथि यस्तो कारवाहीको नीति सरकारले लिने उनले बताए । उनले [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले बचत तथा ऋण सहकारीका सञ्चालक र तिनको एकाघर परिवार सदस्यको स्वामित्वमा रहेको सम्पत्ति धितोमा राखेर बचतकर्ताको ५ लाख रुपैयाँसम्म फिर्ता गरिने बताएका छन् ।

संसदमा बजेट पेस गर्दै उनले यस्तो बताएका हुन् ।

समस्यामा परेका र निक्षेपकर्ताको बचत फिर्ता नगरेका सहकारीहरुमाथि यस्तो कारवाहीको नीति सरकारले लिने उनले बताए । उनले सहकारीका लागि अलग्गै नियमनकारी निकाय बनाउने घोषणा गरे । यसअघि ठूलो सहकारी नियमनको काम नेपाल राष्ट्र बैंकमार्फत हुने गरी सरकारी नीति आएको थियो ।

Share News