यी ५ संस्थानकाे अधिकृत पुँजीभन्दा बढी लगानी

<p>काठमाडौं । सेयर लगानी गर्दा ५ संस्थानले नेपाल सरकारले निर्धारण गरेको अधिकृत पुँजीभन्दा बढी लगानी गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेस गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार नेपाल विद्युत प्राधिकरणले सबैभन्दा धेरै ४९ अर्ब ७७ करोड ३५ लाख रुपैयाँ अधिकृत पुँजीभन्दा बढी लगानी [&hellip;]</p>

काठमाडौं । सेयर लगानी गर्दा ५ संस्थानले नेपाल सरकारले निर्धारण गरेको अधिकृत पुँजीभन्दा बढी लगानी गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेस गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार नेपाल विद्युत प्राधिकरणले सबैभन्दा धेरै ४९ अर्ब ७७ करोड ३५ लाख रुपैयाँ अधिकृत पुँजीभन्दा बढी लगानी गरेको देखाएको छ ।

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८० बमोजिम ५ संस्थानमा अधिकृत पुँजीभन्दा बढी हुने गरी ५८ अर्ब ३४ करोड २९ लाख रुपैयाँ लगानी गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले ८ करोड ९७ लाख रुपैयाँ पुँजीभन्दा बढी लगानी गरेको छ । त्यस्तै नेपाल वायुसेवा निगमले २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब २७ करोड ६० लाख रुपैयाँ र नेपाल टेलिभिजनले २ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ अधिकृत पुँजीभन्दा बढी लगानी गरेको देखिएको छ ।

नेपाल सरकारले सेयर लगानी गर्दा संस्थानहरूको प्रबन्धपत्र तथा नियमावलीअनुसार नेपाल सरकारको हिस्सा निर्धारण गरी अधिकृत पुँजीको सीमाभित्र रही सेयर लगानी गर्नुपर्ने व्यवस्था छ । संस्थानको प्रबन्धपत्र र नियमावलीमा उल्लेखित अधिकृत पुँजी समेतलाई ध्यानमा राखी लगानी गर्नुपर्ने प्रवधान रहेको छ ।

Share News