काठमाडौंका यी स्थानमा ५ दिन बिजुली नआउने

<p>काठमाडौं । आजदेखि काठमाडौंका केही ठाउँमा पाँच दिनसम्म दैनिक चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि जेठ १८ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको छ । साँखु, चौमती, केएमसी, कालीमाटी, किर्तिपुर रोपवे र मुलपानी फिडरबाट आपूर्ति हुने विद्युत लाइन आजदेखि जेठ [&hellip;]</p>

काठमाडौं । आजदेखि काठमाडौंका केही ठाउँमा पाँच दिनसम्म दैनिक चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आजदेखि जेठ १८ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको छ ।

साँखु, चौमती, केएमसी, कालीमाटी, किर्तिपुर रोपवे र मुलपानी फिडरबाट आपूर्ति हुने विद्युत लाइन आजदेखि जेठ १८ गतेसम्म अवरुद्ध हुनेछ ।

विद्युत वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

Share News