शिवशिखरका प्रमुख शर्माविरूद्ध ३३ अर्बको मुद्दा दर्ता गर्दै सम्पत्ति शुद्धिकरण विभाग

<p>काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख केदारनाथ शर्मा विरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता गर्ने भएको छ । विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिएको हो । विभागले शर्मा विरूद्ध ३२ अर्ब ९० करोड बिगो र जरिवानासहित माग दाबी गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारेको [&hellip;]</p>

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख केदारनाथ शर्मा विरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता गर्ने भएको छ । विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनमा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिएको हो ।

विभागले शर्मा विरूद्ध ३२ अर्ब ९० करोड बिगो र जरिवानासहित माग दाबी गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारेको छ । विभागले जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमा अनुसन्धान प्रतिवेदन पठाइसकेको छ ।

साथै, विभागले शर्माकी पत्नी गीता शर्मा, सविना न्यौपाने, मन्दिप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशिल बानियाँ र प्रदिप भट्टराईलगायत विरुद्ध पनि मुद्दा दायर गर्ने तयारी गरेको हो ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिनाको आरोपमा केदारनाथ शर्मा, गिता शर्मा र सहकारीका सञ्चालकहरू पुष्कर मल्ल र अनिशराज भण्डारी प्रहरीको नियन्त्रणमा छन् ।

शर्माले सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिहरुको नाममा जमिन र सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दूरूपयोग गरी सहकारी संस्थालाई नोक्सानी पुर्याएको आरोप छ । शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारीको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५२६ रुपैयाँ र श्री तुलसी बहुमुखी सहकारीबाट १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ ।

Share News