विमानस्थलको धावनमार्गमा समस्या देखिँदा विमानहरू आकाशमै होल्ड

<p>काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि शुक्रबार दिउँसो ११ः४५ देखि १२ः४५ बजेसम्म उडान अवरुद्ध भएका थिए । &#8216;धावनमार्गमा क्रयाक भएपछि करिब एक घण्टा उडान रोक्नु परेको थियो&#8217;, उनले भने, &#8216;पहिले पनि  बर्खा र गर्मी महिना सुरु हुने समयमा [&hellip;]</p>

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि शुक्रबार दिउँसो ११ः४५ देखि १२ः४५ बजेसम्म उडान अवरुद्ध भएका थिए ।

‘धावनमार्गमा क्रयाक भएपछि करिब एक घण्टा उडान रोक्नु परेको थियो’, उनले भने, ‘पहिले पनि  बर्खा र गर्मी महिना सुरु हुने समयमा यस्तो समस्या देखिन्थ्यो ।’

उनका अनुसार धावनमार्गमा क्रयाक देखिएपछि केही विमानलाई आकाशमै होल्डमा राख्नु परेको थियो ।

Share News