१९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन हेडक्वाटरको निर्देशन

<p>काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै १९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कार्यरत प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । सूचनामा आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै १९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कार्यरत प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

सूचनामा आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । अन्यथा सेवाबाट हटाउने कारवाही गरिने सूचनामा उल्लेख छ ।

गैर हाजिर हुनेमा प्रहरी नायब निरीक्षक, सहायक निरीक्षक, हवल्दार, सहायक हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।

Share News