सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया : उहाँ निर्दोष भए सजिलै छुट्नुहुन्छ

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो नागरिता लिएको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको प्रतक्रिया दिएका छन् । चन्द्रागिरिमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले उक्त भनाइ राखेका हुन् । प्रधानमन्त्री दाहालले सरकारले रिसिइबी साँधेको भनेर आएको कुरा गलत भएको पनि बताए । अदालती [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो नागरिता लिएको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको प्रतक्रिया दिएका छन् ।

चन्द्रागिरिमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले उक्त भनाइ राखेका हुन् ।

प्रधानमन्त्री दाहालले सरकारले रिसिइबी साँधेको भनेर आएको कुरा गलत भएको पनि बताए । अदालती प्रक्रियामा भएको कुरामा ‘होहल्ला’ गर्न जरुरी नरहेको उनको भनाइ थियो ।

‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रियामा रहेको मैले बुझेको छु, यो बढ्ता होहल्ला गर्न जरुरी छैन,’ उनले भने।

गृहमन्त्री रवि लामिछाने कान्तिपुरविरुद्ध व्यक्तिगत रूपमै प्रस्तुत भएको आरोप पनि गलत रहेको प्रचण्डले बताए ।

‘त्यो मान्छेले भन्ने कुरा हो, यो अब अदालती प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ, यो हल नै भइहाछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

Share News