काठमाडौं । महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री भगबती चौधरीसँग सुनसरीको दुहबी र काठमाडौंमा गरी २ वटा घर रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार काठमाडौंको घर २ करोड ६७ लाख रुपैयाँमा खरिद गरिएको हो ।
साथै, मन्त्री चौधरीसँग सुनसरी र दाङ्गका विभिन्न ६ ठाउँमा जग्गा रहेको छ भने २५ केजी चाँदी र ७५ तोला सुन रहेको छ ।
मन्त्री चौधरीको विभिन्न बैंकमा १८ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरी फरवार्ड माइक्रोफाइनान्सकी संस्थापक सेयरधनी हुन् । उक्त लघुवित्तमा चौधरीको २ लाख ४२ हजार १०५ कित्ता सेयर छ भने अन्य कम्पनीहरूमा १ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ ।
उनले नेपाल बैंकबाट ६० लाख रुपैयाँ, इन्भेष्टमेन्ट बैंकबाट ५० लाख र अन्यबाट १ करोड रुपैयाँ ऋण लिएको छ । साथै उक्त ऋण विभिन्न समयमा चुक्ता गरिसकेको बताइएको छ । ४ लाख ६५ हजारको मोटरसाइकल रहेको छ ।