पर्यटनमन्त्री तामाङको सम्पत्ति : २० लाख नगद, ६ तोला सुन र १२ रोपनी जग्गा

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री तामाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको छ । उनले तलब भत्ताबापत चल सम्पत्तिमा १३ लाख नगद पनि उल्लेख गरेका छन् । यस्तै उनीसँग ६ तोला सुन र ७/८ [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

मन्त्री तामाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको छ ।

उनले तलब भत्ताबापत चल सम्पत्तिमा १३ लाख नगद पनि उल्लेख गरेका छन् । यस्तै उनीसँग ६ तोला सुन र ७/८ तोला चाँदी रहेको र ती तलब भत्ताबाट किनेको विवरणमा खुलाइएको छ ।

त्यसैगरी उनको जन्मस्थान नुवाकोट पञ्चकन्या गाउँपालिका-३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ ।

Share News