
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार शिक्षामन्त्री श्रेष्ठको ११ तोला सुन, १०० तोला चाँदी, एक सेट हिराको गहना र १ सेट हिरा रहेको छ ।
यस्तै, मन्त्री श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा विभिन्न बैंकमा ६ करोड रुपैयाँ नगद बचत रहेको पनि सार्वजनिक गरकी छन् ।
एनआईसी एसिया बैंकको चाबहिल शाखामा १ लाख १५ लाख र चाबहिलमा नै रहेको एभरेष्ट बैंकमा ३७ लाख रुपैयाँ सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।
उनका पति पाबल स्वाकिन्स्किले पारिश्रमिकबाट १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार डलर उपहारबापत प्राप्त गरेको उनले उल्लेख गरेकी छिन् ।
यस्तै काभ्रेमा ८ वर्ग क्षेत्रफल रहेको ९ लाख ९५ हजार बराबरको जग्गा पनि श्रेष्ठको नाममा रहेको विवरणमा खुलाइएको छ ।
शिक्षामन्त्री श्रेष्ठलाई उनका बाबुले उपहार दिएको नबिल बैंकमा ७४९ कित्ता सेयरसहित अन्य ३ कम्पनीमा २५ प्रतिशतदेखि ७० प्रतिशतसम्म सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उनले आफ्नो नाममा १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटर र कोसी कोल्याबोको २० लाख मूल्य पर्ने ईभी रहेको पनि उल्लेख गरेकी छिन् ।