सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग ३१ तोला सुन, ४३ लाख रुपैयाँ ऋण

<p>काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग डेढ लाख रुपैयाँ नगद रहेको छ । मन्त्री जोशीको सार्वजनिक सम्पत्ति विवरण अनुसार विभिन्न बैंक खातामा १ लाख ६९ हजार रुपैयाँ नगद रहेको छ । काठमाडौंको किर्तीपुर, बझाङको छविसपाथिभेरा ४ र जयपृथ्वि नगरपालिका ७ मा गरी ३ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । [&hellip;]</p>

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग डेढ लाख रुपैयाँ नगद रहेको छ । मन्त्री जोशीको सार्वजनिक सम्पत्ति विवरण अनुसार विभिन्न बैंक खातामा १ लाख ६९ हजार रुपैयाँ नगद रहेको छ ।

काठमाडौंको किर्तीपुर, बझाङको छविसपाथिभेरा ४ र जयपृथ्वि नगरपालिका ७ मा गरी ३ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, जयराज जोशीको नाममा बझाङका विभिन्न ठाउँमा जग्गा र काठमाडौंमा निर्मला कुमारी कोइरालाको नाममा जग्गा छ ।

मन्त्री जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी रहेको छ । उक्त सुनचाँदी पैतृक सम्पत्ति र विवाहबाट दाइजो प्राप्त भएको जोशीले बताएका छन् ।

जयलक्ष्मी देवी जोशीको नाममा रंगुन खोलाको ८ लाखको सेयर रहेको छ भने ४३ लाख रुपैयाँ ऋण छ । उक्त ऋणवापत ३ लाख १० हजार रुपैयाँ ब्याज तिरेको विवरणमा उल्लेख छ ।

Share News