काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग १ करोडको सयर रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको नाममा एउटा घर, करोड बढीको विभिन्न बैंकको सेयर, र १५ तोला सुन सम्पत्ति देखिएको छ ।
उनले सो घर पैतृक जग्गा बिक्री गरेर निर्माण गरेको बताएका छन् । उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको आठ वटा बैंकमा ९० लाख बढी बचत रहेको उल्लेख गरेका छन् । उनले सो रकम स्वआर्जन भएको घोषणा गरेका छन् ।
नेपाल स्टक एक्सजेञ्जमा विभिन्न कम्पनीको १ करोड बराबरको सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग २० लाख रुपैयाँ ऋण रहेको पनि सार्वजनिक गरेका छन् ।