अर्थमन्त्री पुनको सम्पत्ति : ३३ लाख ७० हजार रुपैयाँ बचत, ८२० मिटरमा फैलिएको ‘बंगला’

<p>काठमाडौं । अर्थमन्त्री पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग एनएमबी बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ बचत छ । उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता रहेको उल्लेख गरिएको छ । अर्थमन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग एनएमबी बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ बचत छ ।

उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता रहेको उल्लेख गरिएको छ । अर्थमन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको घर रहेको र उक्त घर पैतृक रुपमा प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ त्यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ ।

Share News