रवी लामिछानेको सम्पत्ति : साढे ७ लाख बचत र डेढ करोड ऋण, ११ रोपनी जग्गासँगै ८० तोला सुन

<p>काठमाडौं । गृहमन्त्री रवी लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार गहृमन्त्री लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना र काठमाडौंको गोपीकृष्ण प्रालिमा १० रोपनी जग्गा सम्पत्ति रहेको सार्वजनिक भएको छ । सो सम्पत्ति श्रीमतिको माइतीतर्फबाट पारिवारिक संगोल भएको उल्लेख छ । यस्तै, उनीसँग करिब ८० तोला सुन [&hellip;]</p>

काठमाडौं । गृहमन्त्री रवी लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार गहृमन्त्री लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना र काठमाडौंको गोपीकृष्ण प्रालिमा १० रोपनी जग्गा सम्पत्ति रहेको सार्वजनिक भएको छ । सो सम्पत्ति श्रीमतिको माइतीतर्फबाट पारिवारिक संगोल भएको उल्लेख छ ।

यस्तै, उनीसँग करिब ८० तोला सुन र २० केजी चाँदीका भाँडाकुडा रहेको उल्लेख छ । यो सम्पत्ति श्रीमती निकिता पौेडलेको आमाबुबाले खरिद गरेको बताइएको छ । यो श्रीमतीको सम्पत्ति भएको विवरणमा उल्लेख छ ।

यस्तै, रविको ग्लोबल आइएमई र नेपाल बैंकमा खाता छ । ती दुई बैंकमा १ लाख ५५ हजार बचत छ भने श्रीमती पौडेलको नाममा पाँच बैंकमा बचत छ । ती बैंकमा ५ लाख ५८ हजार बढी बचत देखिन्छ ।

उनीसँग घर निर्माण गर्दाको डेढ करोड रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख छ । उनको श्रीमती पौडेलसँग एक विद्युतीय गाडी रहेको छ भने उनकै नाममा ८ करोड ७५ लाखको गोपीकेष्णमा सेयर स्वामित्व रहेको छ ।

Share News