भौतिक पूर्वाधारमन्त्री महासेठसँग नगद २‍.२५ करोड रुपैयाँ, बैंकमा समेत लगानी

<p>काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको २ करोड २५ लाख रुपैयाँ नगद रुपैयाँ रहेको छ । मन्त्री महासेठको सम्पत्ति विवरण अनुसार उनीसँग ४३ तोला सुन, १.५ केजी चाँदी रहेको छ । काठमाडौं र ललितपुरको जग्गा बिक्री पैतृक सम्पत्ति बिक्री गरेर सो बराबरको रकम आर्जन गरेका हुन् । साथै उनीसँग ७ थान [&hellip;]</p>

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको २ करोड २५ लाख रुपैयाँ नगद रुपैयाँ रहेको छ । मन्त्री महासेठको सम्पत्ति विवरण अनुसार उनीसँग ४३ तोला सुन, १.५ केजी चाँदी रहेको छ ।

काठमाडौं र ललितपुरको जग्गा बिक्री पैतृक सम्पत्ति बिक्री गरेर सो बराबरको रकम आर्जन गरेका हुन् । साथै उनीसँग ७ थान औँठी, ३ थान सिक्री, ३ जोडा कानमा लगाउने र २ जोडा चुरा (बाला) रहेका छन् ।

उनकी श्रीमति जुली कुमारी महत्तोको नाममा धुनषा र ललितपुरमा २ वटा घर र विभिन्न ५ ठाउँमा जग्गा रहेको छ । मन्त्री महासेठको नाममा विभिन्न ७ बैंक र श्रीमति महत्ताको विभिन्न नाममा विभिन्न ७ वटा बैंकमा बैंक खाता छन् ।

यस्तै, महत्ताको स्वामित्वमा गुडविल फाइनान्समा ५ लाख रुपैयाँ, महिला लघुवित्तमा १ करोड रुपैयाँ, कर्पाेरेट बैंकमा २ करोड ५० लाख रुपैयाँ गरी ३ करोड ५५ लाख बराबरको सेयर स्वामित्व रहेको छ ।

Share News