सत्ता र शक्तिको दुरुपयोग गरेर प्रतिशोध साँध्न खोजियो : कैलाश सिरोहिया

<p>काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी आफुमाथि प्रतिशोध साँध्न खोजिएको बताएका छन् । अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू कत्ति पनि विचलित नहुने बताएका हुन् । [&hellip;]</p>

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी आफुमाथि प्रतिशोध साँध्न खोजिएको बताएका छन् ।

अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू कत्ति पनि विचलित नहुने बताएका हुन् ।

‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ, निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो, तर कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ, म अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन,’ अध्यक्ष सिरोहियाद्वारा जारी विज्ञप्तिमा भिनएको छ । भनेका छन् ।

सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ । नागरिकताको विवादमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

पक्राउ पुर्जीलाई लिएर सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरूको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहमन्त्री रवि लामिछानेको तयारीका रूपमा बुझेको आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

सिरोहियाले यसअघि पनि समाचार लेखेबापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको समेत बताएका छन् ।

आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै बेथितिको ढाकछोप प्रयास नगर्न  उनकाे चेतावनी छ ।

Share News