पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा २० वर्षपछि अन्तिम सुनुवाइ हुँदै

<p>काठमाडौं । कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा २० वर्षपछि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदैछ । मंगलबारदेखि फेरि त्यही इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ । अख्तियार दुरुपयोग [&hellip;]</p>

काठमाडौं । कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा २० वर्षपछि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदैछ । मंगलबारदेखि फेरि त्यही इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उतिबेलै उनीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । मुद्दा सर्वोच्च अदालतमा पुगेकै ११ वर्ष बितिसकेको छ ।

पूर्वमन्त्री जोशीको गैरकानुनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले परिवार र आफन्तलाई समेत मुद्दा हालेको छ । पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला वासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।

Share News