
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरू सुखद् नरहेको बताएका छन् ।
मंगलबार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए ।
संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने उनकाे भनाइ छ ।
उनले भने, ‘यो सरकारमा हामी सामेल छौँ, यो सहकार्यलाई अघि बढाउने सन्दर्भमा सम्बन्धित सबै घटक सदस्यहरूको माझमा राम्रो विश्वास, सहयोग, समझदारी र सहकार्य हुनुपर्छ, हामी देशका सबै शक्तिसँग सहमतिका साथ अघि बढ्न चाहन्छौँ, संसदमा जुन किसिमका घटनाहरु भइरहेका छन्, ती घटना वास्तवमा सुखद् छैनन् ।’
अध्यक्ष नेपालले कुनै पनि पार्टी नफुटुन् भन्ने आफूहरूको चाहना रहेको बताए ।