सभामुखको भूमिका पदीय गरिमा विपरित : कांग्रेस

<p>काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा सभामुखको भूमिका पदीय गरिमा अनुकूल नभएको निष्कर्ष निकालेको छ । कांग्रेसले विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर पदीय गरिमा विपरित काम बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले [&hellip;]</p>

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा सभामुखको भूमिका पदीय गरिमा अनुकूल नभएको निष्कर्ष निकालेको छ ।

कांग्रेसले विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर पदीय गरिमा विपरित काम बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा सभामुख प्रस्तुत भएको बताउँदै यस्तो कुरा सभामुखका लागि शोभनीय नहुने जिकिर गरेका छन् ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ।

Share News