गिरीबन्धु जग्गाको विषय छानबिनमा ल्याउनुपर्छ : गृहमन्त्री लामिछाने

<p>काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधि [&hellip;]</p>

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् ।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताए ।

गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताए । उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जाहेज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए । सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रत गतिमा काम गर्ने प्रतिवद्धता जनाए । प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने जानकारी दिए ।

‘गिरीबन्धु जग्गाको विषय विर्सेको होइन । त्यसलाई पनि छानबिनमा ल्याउनुपर्छ । कोको सहभागि छन् छानबिन गर्नुपर्छ तर हिजो प्रसंग त्यो थिएन। मैले संसदमा के भने त्यसको लागि जिम्मेवार छु । के बुझियो र बुझाइयो त्यसको जिम्मेवार छैन । संसदीय समिति गठन गर,सहकारी ठगलाई कारबाही गर म पनि भन्छु । सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रतगतिमा काम गर्छ’, उनले भने ।

उनले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको जानकारी दिए ।

Share News