विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १५७ मत पाएका छन् । विपक्षमा कुनै मत नपर्दा तटस्थमा १ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे । संसदमा १५८ सांसद उपस्थित थिए । यसअघि [&hellip;]</p>

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् ।

प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १५७ मत पाएका छन् । विपक्षमा कुनै मत नपर्दा तटस्थमा १ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे । संसदमा १५८ सांसद उपस्थित थिए ।

यसअघि कांग्रेससँगको गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाल एमालेसँग नजिकिएपछि फेरि विश्वासको मत लिएका थिए । पछिल्लो समय जसपा विभाजन भएपछि उनले फेरि विश्वासको मत लिएका हुन् ।

यसैबीच नेपाली कांग्रेसका सांसदहरुले भने विरोध गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविनको माग गर्दै कांग्रेसले निरन्तर संसद्मा प्रदर्शन गरिरहेको छ ।

 

Share News