सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिनुस् : प्रधानमन्त्री

<p>काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिन कांग्रेससहितका प्रतिपक्ष दलहरूलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबाररको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जाने भएकाले विश्वासको मत दिन आग्रह गरे । उनले राष्ट्र निर्माणका लागि सरकारलाई [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिन कांग्रेससहितका प्रतिपक्ष दलहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमबाररको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जाने भएकाले विश्वासको मत दिन आग्रह गरे ।

उनले राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय नभइ सक्रिय विश्वासको मत चाहिएको बताए। उनले विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले कांग्रेसले विरोध गरेर लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप गरेको बताए ।

Share News