काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलिपल्टदेखि संसद् बन्द गरेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति समेत रहेका लामिछानेले यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई दिन पनि चुनौती दिएका छन् ।