
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थागित भएको छ ।
सहकारी ठगीका विषयमा बनाउन लागिएको संसदीय छानबिन समितिको कार्यादेशमा दलहरूबीच सहमति हुन नसेपछि राष्ट्रिय सभा बैठक आइतबार बस्दै नबसी स्थगित भएको हो।
आइतबार दिउँसो १ः१५ मिनेटमा बोलाइएको अपराह्न ३ः१५ मा बस्ने गरी सारिएको थियो । तर, दलहरूबीच अझै कार्यादेशमा सहमति हुन नसकेपछि स्थागित गरिएको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि (सोमबार) दिउँसो १ः१५ बस्नेगरी बोलाएका छन् ।