सरकारी जग्गा हिनामिना गर्ने ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड बिगो दाबी

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालयका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै, [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार विशेष अदालतमा मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालयका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यस्तै, अख्तियारले मुद्दा दायर गरेका अरूमा नायब सुब्बा अग्निबहादुर शाही, सर्वेक्षक दशरथ मण्डल, जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावल छन् ।

जिल्लाको साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५-०-० बिगाह जग्गा फिल्डबुकमा जंगल कायम भए पनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनीहरूले सरकारी जग्गा व्यक्तिका नाममा गर्दा २४ करोड ६ लाख ६९ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएकाे छ । अख्तियारले उनीहरू सबैसँग २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

Share News