करोडौं मूल्य पर्ने गौशाला चोकको घरमा महानगरको डोजर

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा घरहरू डोजर लगाएर भत्काएको छ । ४ वटा डोजर प्रयोग गरेर सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसल भत्काइएकाे छ । महानगरले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू भत्काउन ३५ दिन अगाडि सूचना जारी गरेको थियो । यस्तै १५ दिनदेखि घर भत्काउन माइकिङ गरे पनि घरधनीले आफैं नभत्काएपछि [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा घरहरू डोजर लगाएर भत्काएको छ । ४ वटा डोजर प्रयोग गरेर सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसल भत्काइएकाे छ ।

महानगरले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू भत्काउन ३५ दिन अगाडि सूचना जारी गरेको थियो । यस्तै १५ दिनदेखि घर भत्काउन माइकिङ गरे पनि घरधनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बनेपछि बालेन साहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।

गौशाला चोकै घर भत्काउँदा घरधनीहरू रुष्ट बनेका छन् । महानगरका अनुसार आज पहिलो दिन ६ वटा घरहरू भत्काइएको छ ।

महानगरले अहिले सांकेतिक रुपमा ६ घर भत्काए पनि अन्य घर नभत्काएमा अन्य घरहरु पनि भत्काउने बताएको छ । महानगरले तीन दजर्न बढी घरमा अझै डोजर चलाउने बताएको छ ।

Share News