पाँचथर पावरले डाक्यो आठौं वार्षिक साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

<p>काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समिति बैठकले आगामी जेठ २७ गते साधारण सभा डाकेको हो । सभा काठमाडौं बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा कम्पनीको नियमावली नियम २७ (२) बमोजिम सञ्चालक समिति संख्या संशोधन गर्ने, एक्सेस इन्भेष्टमेन्ट [&hellip;]</p>

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समिति बैठकले आगामी जेठ २७ गते साधारण सभा डाकेको हो । सभा काठमाडौं बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ ।

सभामा कम्पनीको नियमावली नियम २७ (२) बमोजिम सञ्चालक समिति संख्या संशोधन गर्ने, एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्ने/गाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ ।

सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकले प्रस्तुत गरेकाे गत आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गरिनेछ ।

यसैगरी सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुने कम्पनीले जनाएको छ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share News