नगद र सुनचाँदीका गहना चोरीमा संलग्न ६ जना पक्राउ

<p>काठमाडौं । ललितपुरमा चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको [&hellip;]</p>

काठमाडौं । ललितपुरमा चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका–३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा–१४ का मोहम्मद समिर रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोबाइल पसल सञ्चालक हुन् । उनले चोरी भएको बोबाइल किनबेच गरेका थिए । यस्तै समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् ।

उनीहरूलाई फरक-फरक ठाउँबाट फरक-फरक दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वैशाख ७ गतेदेखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका-२१ खोकनास्थित गुरुङको घरमा कोही नभएको समयमा सुनचाँदीका गरगहना, नगद तथा आइफोन लगायतका धनमाल चोरी भएको थियो ।

 

Share News