काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायीका लागि राहत प्रदान गरेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ ।
यसले समस्यामा परेका घरजग्गा व्यवसायीलाई राहत हुने विश्वास गरिएको छ ।