‘बैंक धितो लिएर मात्रै ऋण दिन्छन् भन्ने भाष्य गलत छ, उर्जामा १५ प्रतिशत कर्जा दिन तयार छौं’

<p>काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरू बिनाधितो उर्जामा लगानी गर्न तयार भएको बताएका छन् । शुक्रबार उर्जा उत्पादकहरुको संस्था (ईप्पान)को २२औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिले पनि बैंकहरुले बिनोधितो कर्जा दिइरहेको र आगामी दिनमा पनि दिन तयार भएको बताएका हुन् । उनले उर्जा क्षेत्रसँग बैंकिङ क्षेत्र पनि सहकार्य गरिरहेको बताउँदै बैंकहरुले ३ [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरू बिनाधितो उर्जामा लगानी गर्न तयार भएको बताएका छन् । शुक्रबार उर्जा उत्पादकहरुको संस्था (ईप्पान)को २२औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिले पनि बैंकहरुले बिनोधितो कर्जा दिइरहेको र आगामी दिनमा पनि दिन तयार भएको बताएका हुन् ।

उनले उर्जा क्षेत्रसँग बैंकिङ क्षेत्र पनि सहकार्य गरिरहेको बताउँदै बैंकहरुले ३ सय अर्ब उर्जा क्षेत्रमा लगानी गरिसकेको जानकारी गराए ।

‘बैंकहरू धितो लिएर मात्रै कर्जा दिन्छन् भन्ने भाष्य छ । तर, उर्जामा गरेको लगानीबाट पनि बैंक्हरु बिनाधितो कर्जा दिइहरेका छन् भनेर बुझ्नुपर्छ, हामी उर्जामा १५ प्रतिशत कर्जा दिन तयार छौं,’ उनले भने ।

Share News