काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (ईप्पान)का निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यले उर्जा उत्पादनमा निजी क्षेत्रले ठूलो योगदान दिएको बताएका छन् । शुक्रबार ईप्पानको २२औं वार्षिक साधारणसभामा उनले ११३ बर्षको इतिहासमा उर्जामा निजी क्षेत्रको प्रवेशले ठूलो फड्को मारेको बताएका हुन् ।
यति लामो अवधिसम्म पनि निजी क्षेत्रलाई बिजुली उत्पादन बाहेक अन्य काम गर्न नदिएको पनि उनको गुनासो छ ।
‘अब निजी क्षेत्रलाई बिजुलीको व्यापार र ट्रान्समिसन लाइनको काम गर्न दिनुपर्छ, गुणस्तरीय बिजुली उत्पादन गर्न नेपालले सकेको छैन, त्यसमा प्राथमिकता दिनुपर्छ,’ उनले भने ।
उनले विद्युतीय गाडीको विषयलाई लिएर केहीलाई निरुत्साहित बनाउने काम पनि भइरहेको धारणा राखेका छन् ।