
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज भएको छ । रिट खारेजीसँगै दीर्घ सोडारी नेतृत्वको सरकारले वैधता पाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज हुने फैसला सुनाएको हो ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी नियुक्ति भएपछि गत वैशाख ९ गते रिट दायर भएको थियो । सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए ।