संसदमा धकेलाधकेलपछि बैठक स्थगित

<p>काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको छ । धकेलाधकेलपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार ११ बजेसम्मकन लागि स्थगित गरेका छन् । सभामुख घिमिरेले कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि धकेलाधकेलको अवस्था आएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरूले वेल घेराउ गरेका [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको छ । धकेलाधकेलपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार ११ बजेसम्मकन लागि स्थगित गरेका छन् ।

सभामुख घिमिरेले कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि धकेलाधकेलको अवस्था आएको हो ।

सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरूले वेल घेराउ गरेका हुन् । कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जानबाट रोक्दै नाराबाजी गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरूले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका थिए ।

Share News