ठमेलमा ८ कराेड लगानीकाे रियल थेरापी तथा ब्युटी प्वाइन्ट सञ्चालन

<p>काठमाडौं । व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीले विशेष गरी सहरी जीवन अस्तव्यस्त बनिरहेको छ । काम विषेशले मानिसले शरीरको ख्याल गर्नसमेत नभ्याउने अवस्था छ । यसैबीच शारीरिक र मानसिक तनाव कम गराउने उद्देश्यले मुलुकको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ८ करोड रुपैयाँ लागतमा रियल थेरापी तथा ब्यूटी प्वाइन्ट सञ्चालनमा आएको छ । ठमेल पर्यटन विकास परिषद्का [&hellip;]</p>

काठमाडौं । व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीले विशेष गरी सहरी जीवन अस्तव्यस्त बनिरहेको छ । काम विषेशले मानिसले शरीरको ख्याल गर्नसमेत नभ्याउने अवस्था छ । यसैबीच शारीरिक र मानसिक तनाव कम गराउने उद्देश्यले मुलुकको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ८ करोड रुपैयाँ लागतमा रियल थेरापी तथा ब्यूटी प्वाइन्ट सञ्चालनमा आएको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी भविश्वर शर्माले अत्याधुनिक सुविधा सम्पन्न रियल थेरापी सञ्चालनमा ल्याएका हुन् । ठमेलमा विगत २२ वर्षदेखि रियल थेरापी सञ्चालन गरेका शर्माले आधुनिक संरचनासहित थप सुविधासहित रियल थेरापी सुरु गरेका हुन् ।

चारतले सुविधायुक्त भवनमा सञ्चालित रियल थेरापीको आज एक कार्यक्रमकाबीच कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, स्वस्तिमा खड्का, निर्मल शर्मा र काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले संयुक्तरूपमा उद्घाटन गरे ।

अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भएको रियल थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको कलाकारहरूले बताए । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन रियल थेरापी सान्दर्भिक हुने उनीहरूको बुझाइ छ ।

कलाकार दीपाश्री निरौलाले रियल थेरापी तनाव विसर्जन गर्ने उपयुक्त ठाउँ भएको उल्लेख गरिन् । ‘रियल थेरापी तनाव विसर्जन गर्ने ठाउँ हो, यहाँ महिला, पुरुष र जोडी तथा परिवारका सदस्यका लागि छुट्टै व्यवस्था भएकाले यसको महत्व र सान्दर्भिकता बढेको छ,’ उनले भनिन् ।

शारीरिक थकान र तनाव कम गर्न रियल थेरापीजस्ता गन्तव्य उपयुक्त हुने कलाकार दीपकराज गिरीले बताए । ‘रियल थेरापीजस्ता आयुर्वेदिक उपचार पद्धतिमा आधारित सेवाले मानिसलाई स्वस्थ्यकर बनाउन मद्दत पुग्छ,’ उनले भने ।

हास्य कलाकार मनोज गजुरेलले सभ्य र भव्यरूपमा पारिवारिक वातावरणमा खुलेको रियल थेरापी पर्यटकको गन्तव्यका रूपमा विकास हुने विश्वास व्यक्त गरे । ‘हामीले बेच्न सक्ने भनेको पर्यटन, कला र संस्कृति नै हो,’ उनले भने, ‘हामी पनि हास्य थेरापीमै काम गछौँ, हास्य थेरापीले मानिसको मनलाई सन्तुलित, आनिन्दत र स्वस्थ्य बनाउछ ।’

नायिक स्वस्तिमा खड्काले स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि रियल थेरापी अपरिहार्य भएको बताइन् ।

रियल थेरापीका सञ्चालक शर्माले विगत २२ वर्षदेखि पारिवारिक वातावरणमा सञ्चालन हुदैँ आएको पहिलो स्पा भएको दाबी गरे । फ्यामेली स्पा, महिला र पुरुष स्पा छुट्टाछुट्टै रहेको छ । अन्तर्राष्ट्रियस्तरको आधुनिक सेवा सुरु गरिएको व्यवसायी शर्माले बताए । स्पा पछिल्लो समय वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको छ । नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रूपमा लिइन्छ । आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्ट प्याकेज’ बनाइने शर्माको भनाइ छ ।

रियल थेरापीमा साउना, स्टिम, जाकुजी, युनिसेक्स सलुनलगायत सेवा पाइन्छ । एक पटकमा ४५ महिला र ६५ पुरुषलाई सेवा दिनेगरी रियल थेरापीको संरचना विस्तार गरिएको छ । रियल थेरापीलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको शर्माको भनाइ छ ।

Share News