तीन विदेशी महिला ८ करोडको कोकिनसहित पक्राउ

<p>काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६ सय ५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले विभिन्न स्थानबाट ७ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका तीन विदेशी महिलालाई पक्राउ हो । वैशाख ३० गते कतारबाट काठमाडौं आएकी ४४ वर्षीया युगान्डाकी नागरिक  केभिना [&hellip;]</p>


काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६ सय ५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोले विभिन्न स्थानबाट ७ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका तीन विदेशी महिलालाई पक्राउ हो ।

वैशाख ३० गते कतारबाट काठमाडौं आएकी ४४ वर्षीया युगान्डाकी नागरिक  केभिना मुगाला प्रहरीले सिनामंगलबाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार पद्दतीबाट निकालिएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम थियो ।

यसैगरी धोबीचौरबाट युगान्डाकै लिलियान सुसन वानयाङजी जेठ २ गते पक्राउ परेकी थिइन् । उनको साथबाट १ किलो ३९४ ग्राम कोकिन प्रहरीले बरामद गरेको छ ।

भारतकी ३३ वर्षीया दिवा जनी पललाई पनि जेठ २ गते धोबिचौरबाट पक्रउ गरिएको प्रहरीले जनाएकाे छ ।

Share News