सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

<p>कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभाबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका हुन् । उनको पक्षमा २८ मत खसेको छ भने विपक्षमा एक मत पनि खसेन । मुख्यमन्त्री सोडारीलाई नेकपा एमालेका ११, माओवादीका १० र एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र सांसदले मत दिएका [&hellip;]</p>

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् ।

बिहीबार प्रदेश सभाबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका हुन् । उनको पक्षमा २८ मत खसेको छ भने विपक्षमा एक मत पनि खसेन ।

मुख्यमन्त्री सोडारीलाई नेकपा एमालेका ११, माओवादीका १० र एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र सांसदले मत दिएका थिए ।

प्रदेश सभामा कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदको नाराबाजीबीच मुख्यमन्त्री सोडारीले विश्वासको मतको प्रस्ताव राखेका थिए ।

नाराबाजीकै बीच सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरेका थिए । त्यसपछि त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठकबाट बाहिरिएका थिए ।

सत्ता पक्षका सांसदहरू मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराए ।

त्यसअघि कांग्रेस र नाउका संसदको नाराबाजीपछि बैठक आधा घण्टाका लागि स्थागित गरिएको थियो ।

Share News