ओलीलाई देउवाले भने- गिरीबन्धु टि-स्टेटको जग्गा सट्टापट्टा आफू गर्ने कांग्रेसलाई दोष लगाउने ?

<p>काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्  । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बतएका हुन् । उनले अदालतले फैसला गरेपछि गिरीबन्धु टि-स्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्  । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बतएका हुन् ।

उनले अदालतले फैसला गरेपछि गिरीबन्धु टि-स्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे ।

उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए ।

‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ, अदालतले फैसला गरेपछि गिरिबन्धु टि–स्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर,’ उनले भने, ‘आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ, कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि, त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ ।’

उनले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए ।

Share News