
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले ७ दिनभित्र कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।