४३ करोडभन्दा बढी मूल्यका सामान बरामद

<p>वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामा ४३ करोड ६४ लाख ३४ हजार ७९ रकम बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट सो अवधिमा वैशाख महिनामा सबैभन्दा बढी छ करोड १३ लाख ६८ हजार मूल्यभन्दा बढी रकमका सामान बरामद गरिएको प्रहरी उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए [&hellip;]</p>

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामा ४३ करोड ६४ लाख ३४ हजार ७९ रकम बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ ।

जिल्लाका विभिन्न ठाउँबाट सो अवधिमा वैशाख महिनामा सबैभन्दा बढी छ करोड १३ लाख ६८ हजार मूल्यभन्दा बढी रकमका सामान बरामद गरिएको प्रहरी उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनले त्यसरी पक्राउ गरिएका सामानलाई कानुनी प्रक्रिया पूरा गरेर भन्सार कार्यालय वीरगञ्ज तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गर्ने गरिएको उनले बताए ।

यस्तै, गत चैत महिनामा पाँच करोड ८७ लाख ३६ हजार सात सय ९९, साउन महिनामा पाँच करोड ४३ लाख रुपैयाँ, भदौ महिनामा चार करोड ५४ लाख रुपैयाँ, असोज महिनामा पाँच करोड ७१ लाख र कात्तिक महिनामा दुई करोड ३२ लाख मूल्यपर्ने सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी गत मङ्सिर महिनामा तीन करोड ८३ लाख रुपैयाँ, पुस महिनामा तीन करोड तीन लाख, माघ महिनामा तीन करोड ४३ लाख र फागुन महिनामा तीन करोड ३१ रुपैयाँ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ मूल्य बराबरका सामान बरामद गरिएको थियो ।

Share News