एमाले संसदीय दलको बैठक सुरु

<p>काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक सुुरु भएको छ । बुधबार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली काँग्रेसले संसद बैठक र सडक संघर्ष समेत सुरु गरिरहँदा एमालेले पार्टीको संसदीय [&hellip;]</p>

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक सुुरु भएको छ ।

बुधबार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली काँग्रेसले संसद बैठक र सडक संघर्ष समेत सुरु गरिरहँदा एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा गिरीबन्ध टि स्टेटको जग्गा सरकारको मातहत ल्याउन सर्वोच्च अदालतले आदेश दिएको विषयमा पनि छलफल हुने बताइएको छ । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको तत्कालीन सरकारले सो जग्गा व्यक्तिको नाममा सट्टा गर्न मिल्ने गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।

Share News