मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन

<p>काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकामा मापदण्डविपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरलाई कारबाहीका लागि निर्देशन दिएको छ । मंगलबार सतर्कता केन्द्रले यातायात व्यवस्था कार्यालयहरूलाई कानुनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाई जानकारी गराउन निर्देशन दिएको हो । सवारी चालक अनुमतिपत्र सम्बन्धी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरले सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकामा मापदण्डविपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरलाई कारबाहीका लागि निर्देशन दिएको छ ।

मंगलबार सतर्कता केन्द्रले यातायात व्यवस्था कार्यालयहरूलाई कानुनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाई जानकारी गराउन निर्देशन दिएको हो ।

सवारी चालक अनुमतिपत्र सम्बन्धी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरले सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ मा व्यवस्था भएको मापदण्ड पालना नगरी ट्रायल सेन्टर सञ्चालन गरेको पाइएपछि केन्द्रले यातायात व्यवस्था कार्यालयहरूलाई ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन दिएको छ ।

कारबाही गर्न सतर्कता केन्द्रले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, चाबहिल र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, एकान्तकुनालाई पत्र लेखेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकांश ट्रायल सेन्टरले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टर सञ्चालन गर्दा धेरै परीक्षार्थी फेल हुने गरेको पाइएको पनि केन्द्रको भनाइ छ ।

Share News