‘डिपट्युबेल’ का ट्रान्सफर्मर चोरी, सिँचाइमा समस्या

<p>जनकपुरधाम । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका ८ वटा डिपट्युबेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् । मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युबेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ । [&hellip;]</p>


जनकपुरधाम । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका ८ वटा डिपट्युबेलका ट्रान्सफर्मर चोरी भएका छन् । ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन् ।

मधेस प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महोत्तरी तथा धनुषाका विभिन्न ग्रामीण क्षेत्रमा जडान गरिएको डिपट्युबेलका ट्रान्सफर्मर चोरी भएको सो कार्यालयले जनाएको छ ।

दुवै जिल्लाका डिपट्युवेलवाट चोरी भएका ट्रान्सफर्मर खोजी गर्न प्रहरी प्रशासनलाई पटक-पटक लिखित एवं मौखिक जानकारी गराए पनि कुनै पहल नभएको सिँचाइ विकास कार्यालयका अधिकारीले गुनासो गरेका छन् ।

चालु आर्थिक वर्षमा पाँचवटा तथा गत आवमा तीनवटा ट्रान्सफर्मर चोरी भएका हुन् । कार्यालयका इन्जिनियर अमलेश यादवका अनुसार चालु आवमा औरही गाउँपालिका-२, देउरीपरवाहा धनुषा, नगराईन नपा फुलगामा धनुषा, मटिहानी नगरपालिका-२ धिरापुर महोत्तरी, भङ्गाहा नगरपालिका-४ पशुपतिनगर महोत्तरी, वलवा नपा-९ अध्ययनपुर महोत्तरीमा जडान गरिएका डिपट्युबेलका ट्रान्सफर्मर चोरिएका हुन् ।

त्यसैगरी गत आव मा धनुषाधाम नपा–४ धनुषा, हंसपुर नपा–५ सुगानिकास धनुषा तथा नगराइन नपा फुलगामा जडान भएका ट्रान्सफर्मर हराएका थिए । एउटा ट्रान्सफर्मर जडान गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने गरेको छ । धनुषा र महोत्तरीमा ४१ वटा डिपट्युबेल जडान गरेर सिँचाइ भइरहेको छ । एउटा डिपट्युवेलबाट ४० हेक्टर जमिनमा सिँचाइ हुने गरेको छ । एउटा डिपट्युबेलको निर्माण तथा सञ्चालनमा ७० देखि ९० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।

उक्त कार्यालयबाट जडान भएका ८० वटा पावर ड्रिलट्युबेल प्रयोग गरी सिँचाइको व्यवस्था भएको छ । एउटा ड्रिलट्युबेलबाट तीन हेक्टर जमिन सिँचाइ गर्न सकिन्छ । त्यसको लागत १५ लाख रुपैयाँ छ । यहाँका किसानले डिपट्युबेल जडानका निम्ति अनुरोध गर्दै आएका कार्यालय प्रमुख नयन पोखरेलले बताए ।

Share News