घरजग्गामा देखिएन सुधार, साढे ४ अर्ब मात्रै राजस्व संकलन

<p>काठमाडौं । सरकारले चालु आर्थिक वर्षको वैशाख महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब २४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । देशभरिका विभिन्न मालपोत कार्यालयमा वैशाखमा ४९ हजार ७ सय ८३ घरजग्गा खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । यो रकम चैत [&hellip;]</p>

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको वैशाख महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब २४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

देशभरिका विभिन्न मालपोत कार्यालयमा वैशाखमा ४९ हजार ७ सय ८३ घरजग्गा खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

यो रकम चैत महिनाको तुलनामा कम हो । सरकारले चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

रजिस्ट्रेसन दस्तुरबापत वैशाखमा २ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकरबापत १ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ ।

वैशाखमा काठमाडौं, भक्तपुर र ललितपुरमा घरजग्गा कारोबारबाट १ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै ललितपुरको लगनखेलस्थित कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । उक्त कार्यालयबाट वैशाखमा ४६ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौं डिल्लीबजारस्थित कार्यालयबाट ३२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

Share News