सिप बिना वैदेशिक रोजगारीमा जान नपाइने

<p>काठमाडौं । सरकारले सीप नसिकी वैदेशिक रोजगारीमा जान नदिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिने बताएका हुन् । उच्च दक्षता आवश्यक पर्ने तोकिएको वैदेशिक रोजगारी क्षेत्रमा जाने श्रमिकका लागि विदेश जानु पहिला अभिमुखीकरणको [&hellip;]</p>

(फोटो सामाजिक सञ्जालबाट साभार)

काठमाडौं । सरकारले सीप नसिकी वैदेशिक रोजगारीमा जान नदिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिने बताएका हुन् ।

उच्च दक्षता आवश्यक पर्ने तोकिएको वैदेशिक रोजगारी क्षेत्रमा जाने श्रमिकका लागि विदेश जानु पहिला अभिमुखीकरणको व्यवस्था गरिने उनले बताए । साथै, वैदेशिक रोजगारीमा जाने व्यक्तिको निःशुल्क बैंक खाता खोल्ने र सो खाता मार्फत रेमिट्यान्स भित्र्याउने व्यवस्था गरिने उनको भनाइ छ ।

Share News