
काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाए छानबिन गर्नुपर्ने माग गरी संसद अवरुद्ध गर्दै आएको नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न दिने निर्णय गरेको छ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।
अजै बिहान महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग प्रधानमन्त्री दाहालले सहकारीको समस्या सकाधान गर्ने प्रतिबद्धता जनाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्न आग्रह गरेका थिए ।
संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने निर्णय पनि गरेको छ ।
आज ३ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपछि रामचन्द्र पौडेलल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।