१० लाख युवा विदेश पलायन भएकाले अर्थतन्त्रमा असहजता आयो : उपसभापति वाग्ले

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले कर्जा प्रवाह रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरको कारण मुलुकको अर्थतन्त्रमा शिथिलता आएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारण असहजता आएको दाबी गरे । राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको सिमा, बजारको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले कर्जा प्रवाह रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरको कारण मुलुकको अर्थतन्त्रमा शिथिलता आएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारण असहजता आएको दाबी गरे । राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको सिमा, बजारको मागमा आएको कमी तथा अन्तर्राष्ट्रिय असरको भएको उल्लेख गरे ।

उनले बजारमा मागको कमी करिव १० लाख नेपाली युवाहरु विदेश पलायन भएकाले असर परेको बताए । अनौपचारिक तथ्याङ्क हेर्दा पनि ल्यापटपको बिक्री, कस्मेटिक्सको बिक्री समेत कम भइरहेको दाबी गरे । माइक्रो स्तरमा हेर्यो भने पनि युवा पलायनसँग मागमा आएको ग्यापसँग जोडिएको बताए । राष्ट्र बैंकले अर्थमन्त्रालयलाई दिएका सुझावहरु परम्परागत नै रहेको बताए । सहकारी र लघुवित्तको समस्या राजनीतिक प्रतिशोध साँध्ने, कुनै व्यक्तिलाई खुइल्याउने काम भइरहेको भन्दै अब समस्या समाधानको बाटोमा जान आवश्यक रहेको भन्दै आफू शुरुवाति दिनदेखि समाधानमा केन्द्रित भएको जानकारी दिए ।

उनले विदेशी मुद्रा सञ्चिति १४.४ अर्ब डलर भएपनि सार्वजनिक वित्तको चाप रहेको बताए । राजश्व १४ सय २२ अर्ब उठाउने भनेकोमा अहिले ८२० मात्रै भएको भन्दै १ हजार माथि पुग्न मुस्किल रहेको बताए । आगामी बजेट २२ खर्बको ल्याउने प्रधानमन्त्रीले भने पनि हिसाव नमिल्ने धारणा राखे । आगामी बजेट अब टेडिसनल फ्रेर्मवर्क भन्दा बाहिरका फाइनान्सहरु स्रोतहरुमा जानुपर्ने आवश्यकता रहेको जानकारी दिए ।

‘मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारण असहजता आएको हो । जुन त्यो समयमा आवश्यक पनि थियो । जसमा करिब १० लाख नेपाली युवाहरु विदेश पलायन भएका छन् । मुलुकलाई उचाल्ने ठाँउमा लगानी गरेका छैनौं । थोरै थोरै लगानी गरेका छौं । वार्षिक रुपमा हेर्दा अब ६० वर्ष लाग्छ ठूला आयोजनाहरु बन्न । सर्वेयल्थ फण्डका विषयमा राष्ट्र बैंकले अध्ययन गर्नुपर्छ’, उनले भने ।

उनले डोजरे विकासबाट रिटर्न शुन्य भएका आयोजनाहरुमा लगानी गर्न नहुने बताए । राष्ट्र बैंकले अध्ययन गरेर स्टेवल फण्ड बनाउने विषयमा केन्द्रित हुन आवश्यक रहेको जानकारी दिए ।

Share News