सिंहदरबारमा प्रधानमन्त्री दाहाल, ओली र लामिछानेबीच छलफल

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अहिले उनीहरूबीच छलफल भइरहेको छ । संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग र संसद्को गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको जनाइएको छ। मंगलबार साँझ ६ बजे संघीय संसद्को संयुक्त [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अहिले उनीहरूबीच छलफल भइरहेको छ । संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग र संसद्को गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको जनाइएको छ।

मंगलबार साँझ ६ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । त्यसअघि दलहरूबीच सहमतिको प्रयास गरिएको छ।

Share News