गुगल क्यारियर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिँदै

<p>काठमाडौं । नेपालीहरूलाई लक्षित गरी मेरो जब लिमिटेड र गुगल एलएलसीको सहकार्यमा मेरो जब लिमिटेडले गुगल करीयर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । प्रतिस्पर्धात्मक क्षमता बिस्तार गर्न आवश्यक कौशलसहित विश्वव्यापी दक्षता प्रदान गर्ने उद्देश्यले आइटी र प्रविधि क्षेत्रमा रुचि भएका व्यक्तिहरूलाई केन्द्रित गर्दै यस कार्यक्रम ल्याइएको हो । यस पहलले नेपाली व्यक्तिहरूलाई उनीहरूको दक्षता र [&hellip;]</p>

काठमाडौं । नेपालीहरूलाई लक्षित गरी मेरो जब लिमिटेड र गुगल एलएलसीको सहकार्यमा मेरो जब लिमिटेडले गुगल करीयर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ ।

प्रतिस्पर्धात्मक क्षमता बिस्तार गर्न आवश्यक कौशलसहित विश्वव्यापी दक्षता प्रदान गर्ने उद्देश्यले आइटी र प्रविधि क्षेत्रमा रुचि भएका व्यक्तिहरूलाई केन्द्रित गर्दै यस कार्यक्रम ल्याइएको हो । यस पहलले नेपाली व्यक्तिहरूलाई उनीहरूको दक्षता र योग्यताहरू विशेष गरी गतिशील सूचना प्रविधि क्षेत्रहरूमा अगाडि बढाउन कार्यक्रम उपयुक्त हुन्छ ।

यस कार्यक्रमले ५०० आवेदकहरूलाई गुगल प्रमाणित करियर सर्टिफिकेट पाठ्यक्रमहरूमा ६ महिनाको व्यापक अनलाइन प्रशिक्षणको लागि छात्रवृत्ति भर्ना गर्ने योजना बनाएको छ । आर्थिक पत्रकारलाई समेत उक्त कार्यक्रममा सहभागिता गराउने उद्देश्यले सेजनसँग सहकार्य थालनी गरिएको छ । सेजन अध्यक्ष सुजन ओली र मेरो जब लिमिटेडका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले समझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अनलाइनमाध्यमबाट सञ्चालन हुने छात्रृवृत्ति कार्यक्रममा कुल ६ वटा क्षेत्रमा पाठ्यक्रम सञ्चालन हुनेछ । यी कार्यक्रमहरू सामान्यतया आईटी समर्थन, डाटा एनालिटिक्स, परियोजना व्यवस्थापन, प्रयोगकर्ता अनुभव यूएक्स डिजाइन, डिजिटल मार्केटिङ र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा भूमिकाहरूको लागि आवश्यक प्राविधिक सीप र ज्ञानमा केन्द्रित हुन्छन् । छात्रवृत्ति कार्यक्रममा छनोट हुनेले ६ महिनाको अवधिको पाठ्यक्रम र त्यसमा लिइने परीक्षा तथा मूल्यांकनमा उत्तिर्ण भएपछि प्रमाणपत्र प्राप्त गर्नेछन् । यो प्रमाणपत्र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त हुने प्रबन्ध निर्देशक गिरीले जानकारी दिए ।

गुगलबाट पहिलो पटक यस प्रकारको कार्यक्रम नेपालमा सञ्चालन हुन लागेको हो । सेजन अध्यक्ष ओलीले गुगलबाट प्रदान गरिने यस किसिमको छात्रवृत्ति कार्यक्रममा आफ्नो संस्था आवद्ध हुने अवसर प्रदान गरेकोमा आभार व्यक्त गरे ।

यस कार्यक्रममा सहभागी प्रतिक्षार्थीले छात्रवृत्ति कार्यक्रमअन्तर्गत अनलाइनबाट सञ्चालन हुने पाठ्यक्रममा नियमित सहभागी हुनुपर्छ । साथमा पाठ्यक्रम लिइने परीक्षा, सामुहिक छलफल र अन्तरक्र्रियामा भाग लिनुपर्छ । त्यसरी नियमित सहभागी नहुने गुनासो भएमा त्यस्ता प्रशिक्षार्थीलाई कार्यक्रमको बीचबाटै निष्काशन समेत हुनसक्ने प्रबन्ध निर्देशक गिरीले जानकारी दिए ।

उनका अनुसार गुगलबाट आउने कन्टेन्टलाई नेपाली परिवेश सुहाउँदो बनाउन बीच बीचमा कम्पनीले नेपाली विज्ञबाट समेत वेबिनार गराउने योजना बनाइएको छ । छनोटका लागि निश्चित मापदण्डहरू छन् र तोकेका शर्त पुरा गर्नेहरूलाई तोकिएको कोटा भित्रबाट छनोट गरिने भएको छ । अंग्रेजी पढ्न र लेख्न सक्नेले यस कार्यक्रममा भाग लिनसक्ने भएका छन् । प्रशिक्षार्थीसँग ल्यापटप वा कम्प्यूटर र इन्टरनेट हुनुपर्ने आधारभूत सर्त तोकिएको छ ।

छनोट गर्दा प्रारम्भमै एक फारम भर्नुपर्ने र त्यसमा एआई वा अन्य माध्यमबाट ट्रान्सलेट नगरी फारममा सोधिएको प्रश्नको उत्तर दिनुपर्ने सर्त समेत राखिएको छ । आर्थिक रूपमा पिछडिएको वर्ग वा सीमान्तकृत समूहका आवेदकहरूलाई प्राथमिकता दिइने प्रबन्ध निर्देशक गिरीले जानकारी दिए ।

Share News